२०७९ फाल्गुन २६ गते शुक्रवार
२०७९ फाल्गुन २६ गते शुक्रवार

हिन्दु राष्ट्रको माग गर्दै काठमाडौंमा प्रदर्शन (फोटो फिचर सहित)

वैदिक सनातन हिन्दु राष्ट्र घोषणा गर्दै काठमाडौंमा प्रदर्शन भएको छ । सनातन संस्कृति समाज नेपालले बिहीबार माइतीघरदेखि नयाँ बानेश्वरसम्म विरोध प्रदर्शन गरेको हो ।

प्रदर्शनकारीले संवैधानिक राजसंस्था स्थापनाको माग समेत गरेका थिए । पृथ्वी नारायण शाहको नेतृत्वमा आर्जन भएको नेपाललाई अखण्ड राख्नुपर्नेमा उनीहरूको जोड थियो ।

२० मंसिरमा राष्ट्रिय नागरिक आन्दोलन समितिले माइतीघर मण्डलादेखि नयाँ बानेश्वरसम्म विरोध प्रदर्शन गरेको थियो । यहीस्थानमा १५ मंसिरमा ‘राष्ट्रिय शक्ति नेपाल’ ले पृथ्वीनारायण शाहको तस्वीर राखेर राजतन्त्रको पक्षमा जुलुस निकालेको थियो ।

-अनलाइन खवरबाट