२०७७ माघ १५ गते बिहिवार
२०७७ माघ १५ गते बिहिवार

गजल : कतिन्जेल बस्छौ खाडीमा गुलामी गरेर ?

कहिले उकाली गरेर अहिले ओराली गरेर
बसिन्छ अब आफ्नै देशमा किसानी गरेर

प्रदेशिएका ती युवालाई एउटै प्रश्न छ मेरो
कतिन्जेल बस्छौ खाडीमा गुलामी गरेर ?

बरु एक सय रुपैयाँमा यो मन बुझाउँला
तर बसिदैन अब कसैको नोकरी गरेर

ए महोदय तपाईं महलको, म झुपडीको
के मिल्छ तपाईलाई म सँग रिसिबी गरेर ?

एकदिन सबै छोडेर जानु छ सबैलाई
किन बस्नु हुन्छ तपाईं यति धेरै लोभी गरेर ?

हरि खड्का समर्पण
दाङ, शान्तिनगर