तुलसीपुर उपमहानगरपालिकाले चिसोबाट जोगाउन बजारमा दाउरा वितरण गरेको छ । केहिदिन यता मौसम परिवर्तन भएर चिसो बढ्न थालेपछि उपमहानगरपालिकाले बजारका चोक चोकमा आगो ताप्नका लागि दाउरा बितरण गरेको हो ।
तुलसीपुर क्षेत्रका नागरिक तथा बजार क्षेत्र हुँदै बाहिरीने र भित्रीने नागरिकहरु चिसोबाट नकठ्याङग्रीउन भन्ने उद्देश्यले आगो बाल्नका लागि दाउरा बितरण गरिएको तुलसीपुर उपमहानगरपालिका वातावरण तथा सरसफाई शाखा प्रमुख खेमकान्त पाण्डे जानकारी दिए ।
बिहिबार तुलसीपुरको गुम्राहा चोक, बाहिनी चोक, ईप्रका, मदनआश्रीत चोक, वीपी चोक, वसपार्क लगाएतका स्थानमा वितण गरिएको हो । राप्ती प्रादेशिक अस्पताल, सल्यान रोड, घोराही रोडमा पनि आज दाउरा बितरण गर्ने तयारी रहेको पाण्डेले बताए ।
उपमहानगरपालिकाले अघिल्लो बर्ष पनि चिसोबाट बचाउन तुलसीपुर बजारका विभिन्न चोक चोकमा दाउरा बितरण गरेको थियो ।