२०८१ माघ ७ गते सोमवार
२०८१ माघ ७ गते सोमवार

नेतृत्व तहले पार्टिको विधि र पद्धतिलाई मान्नु पर्छ : नेता शर्मा

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का स्थायी कमिटि सदस्य जनार्दन शर्मा (प्रभाकर) ले नेतृत्व तहले पार्टिको विधि र पद्धतिलाई मान्नु पर्ने बताएका छन् ।

तुलसीपुर उपमहानगरपालिकाले आयोजना गरेको भेटघाट कार्यक्रममा बोल्दै पूर्व गृहमन्त्री समेत रहेका शर्माले.पार्टीभन्दा माथि कोही पनि हुन नसक्ने नेतृत्व तहले पार्टीको विधि तथा पद्धतीलाई मानेर अगाडी बढ्न पर्ने कुरामा जोड दिए ।

कार्यक्रमा नेता शर्माले मुहान धमिलिएको भन्दै सङ्लो बनाउन नेतृत्व तहले पार्टीको विचार, पद्धती र विधिलाई मान्नु पर्ने बताए । नेकपा प्रति उठेको प्रश्नको जवाफ दिनैपर्ने बताउदै हाम्रा आचारण, संस्कार र व्यवहार नबदले सम्म पार्टी एकता टुङ्गोमा नपुग्ने बताए ।

नेता शर्माले व्यवस्था नयाँ भएपनि आचरण पुरानै भएकाले जनताको अपेक्षा सरकारले पुरा गर्न नसकेको बताए ।