२०८१ माघ १३ गते आइतवार
२०८१ माघ १३ गते आइतवार

माटोको ढिस्को खस्दा ६ जना घाइते

सांकेतिक तस्विर

रोल्पामा मोटरबाटो खन्ने क्रममा माटोको ढिस्को खस्दा ६ जना घाइते भएका छन् ।

घाइते हुनेमा परिवर्तन गाउपालीका ६ बस्ने वर्ष ६० को पञ्चमन घर्ती, सोही ठाँउ बस्ने वर्ष २९ का गन बहादुर थापा, वर्ष १४ का सुभास वि।क।, वर्ष ४० कि प्रमिला वि.क., वर्ष १८ का प्रकाश बुढा र वर्ष ३९ कि अस्मिता बुढा रहेको प्रहरीले बताएको छ ।

परिवर्तन गाउपालीका ६ नाफेमा शहिदमार्गबाट वडा कार्यालय जाने मोटरबाटो खन्ने क्रममा माटोको ढिस्को खस्दा उनिहरु घाइते भएको लुम्बिनी प्रदेश प्रहरी कार्यालय दाङले जानकारी दिएको छ। घाइतेको जिल्ला अस्पताल रोल्पामा उपचार भईरहेको प्रहरीले बताएको छ ।