२०८१ माघ ७ गते सोमवार
२०८१ माघ ७ गते सोमवार

बाँकेमा थप २ कोरोना संक्रमितको मृत्यु

सांकेतिक तस्वीर ।

बाँकेमा कोरोना संक्रमित थप दूई जनाको मृत्यु भएको छ।

बाँकेको नेपालगञ्ज उपमहानगरपालिका वडा नं. ४ का ५० वर्षीय पुरुषको मृत्यु भएको छ ।

नेपालगञ्ज उपमहानगरपालिकाको शिक्षा शाखामा कार्यरत अधिकृतसमेत रहेका दानबहादुर विष्टको भेरी अस्पताल नेपालगञ्जमा उपचारका क्रममा आइतवार बिहान साढे ३ बजे मृत्यु भएको बाँकेका फोकल पर्सन तेज वलीले जानकारी दिए ।

मंसिर २५ गते कोरोना संक्रमण पुष्टि भएका उनको स्वास्थ्यमा समस्या उत्पन्न भएपछि मंसिर २७ गते बेलुका अस्पताल भर्ना गरिएको थियो ।

त्यसअघि बाँकेमा उपचारका क्रममा डोटीको दिपायल सिलगडी ५ का ४९ बर्षीय पुरुषको मृत्यु भएको थियो । ती पुरुषको शिक्षण अस्पताल कोहलपुरमा उपचारका क्रममा शनिबार बेलुका ७स्४५ बजे मृत्यु भएको फोकल पर्सन वलीले बताए । उनलाई मंसिर २७ गते कोरोना संक्रमण पुष्टि भएको थियो ।

योसँगै बाँकेमा कोरोना संक्रमित १०९ जनाको मृत्यु भएको छ ।