दाङको तुलसीपुरमा गुडिरहेको बसमा एक्कासी आगलागी भएको छ ।
तुलसीपुरबाट नेपालगंजका लागि छुटेको रा १ ख २३७४ नम्बरको यात्रुबाहक बसमा बिहान ५ बजेर ४० मिनेट जाँदा आगलागी भएको हो ।
अम्विकेश्वरी यातायाता प्रालिद्धारा संचालित बसमा ब्याट्री सर्ट भएर आगलागी भएको ईलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी निरीक्षक झलकप्रसाद शर्माले जानकारी दिए ।
घटना तुलसीपुर १३ बखरीयामा भएको हो । यात्रु भने सकुशल रहेको प्रहरीले जनाएको छ ।