२०८१ माघ ७ गते सोमवार
२०८१ माघ ७ गते सोमवार

टेलिभिजन कार्यक्रम ‘ऐना’ सञ्चालन गर्दै कांग्रेस प्रवक्ता शर्मा

द होराइजन मल्टिमिडियाले निर्माण गर्ने सामाजिक विषयवस्तुमाथिको टेलिभिजन कार्यक्रम ‘ऐना’ माघ ७ गतेदेखि प्रसारणमा आउने भएको छ ।

काठमाडौंमा बिहिबार पत्रकार सम्मेलनगर्दै कार्यक्रम ुऐनाु नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले सञ्चालन गर्ने जानकारी दिइयो।

शर्माले सञ्चालन गर्ने कार्यक्रम ऐना २६ अंकको रहनेछ। एक घण्टा समायवधिको कार्यक्रम ऐना कान्तिपुर टेलिभिजनबाट हरेक बुधबार राति ९ बजे प्रसारण हुनेछ।

पत्रकार सम्मेलनमा कार्यक्रम ऐनाको शीर्ष गीत समेत सार्वजनिक गरिएको थियो।

देशका अधिकांश भूभागमा पुगेर विभिन्न सामाजिक घटनाका पात्रहरुलाई भेटी छायांकन गरिएको गीतमा मानवीय संवेदना र प्राकृतिक सुन्दरतालाई समेटिएको छ। चर्चित कवि श्रवण मुकारुङले रचना गरेको शीर्ष गीतमा सुगम पोखरेलको स्वर र मोहित मुनालको संगीत छ ।

पत्रकार सम्मेलनमा कार्यक्रम ऐनाले समेट्ने विषयलाई छोएर शिल्पी थिएटरको समूहले नाटक समेत मञ्चन गरेको थियो ।