दाङ बबई गाउँपालिकाका एक जना खसी व्यापारी काठमाडौंमा लुटिएका छन् ।
बैंकमा पैसा जम्मा गर्न जाने क्रममा बबई गाउँपालिका वडा नंं २ रामपुर निवासी चुर्ण बहादुर वलीको साथबाट साढे १८ लाख रुपैंया लुटिएको उनले बताए ।
नेकपा नेता समेत रहेका वलीले काठमाडौंको कलंकीमा रहेर खसीको व्यापार गर्दै आएका थिए । उनका अनुसार काठमाडौंको बसपार्क नजिक रहेको कुमारी बैंकदेखि एभरेष्ट बैंक तर्फ जाँदै गर्दा मंसिर २९ गते बिहान ११ बजेतिर लुटपात भएको उनले बताए ।
उनले बालाजु प्रहरी चौकीमा रिपोर्ट दर्ता गरे पनि अहिलेसम्म कुनै पत्ता नलागेको उनले बताए। प्रहरीले बैंकको आसपासमा रहेका सबै सीसीटीभी फुटेज हेरे पनि कुनै पनि प्रमाण फेला नपरेको प्रहरीले बताएको बताए ।