२०८१ माघ ७ गते सोमवार
२०८१ माघ ७ गते सोमवार

कांग्रेस नेता पौडेल पुगे उखु किसानको आन्दोलनमा

बक्यौता रकम उठाउनका लागि आन्दोलन गरिररहेका उखु किसानको आन्दोलनमा ऐक्यबद्धता जनाउन प्रमुख प्रतिपक्षी दल कांग्रेसका बरिष्ठ नेता रामचन्द्र पौडेल शुक्रबार माइतीघर पुगे । उनले आन्दोलनरत किसानहरुलाई आफू र आफ्नो पार्टी आन्दोलनरत उखु किसानको साथमा रहेको बताएका थिए ।

शुक्रबारै बसेको कांग्रेसको संसदीय दलको कार्यसमिति बैठकले उखु किसानको आन्दोलनमा ऐक्यबद्धता जनाउने निर्णय गरेको थियो ।

उखु किसानको आन्दोलनमा शुक्रबार नै दुई मन्त्री पनि पुगे । उद्योग मन्त्री लेखराज भट्ट र संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री हृदयेश त्रिपाठी । दुवै मन्त्रीले पनि किसानका मर्का आफूहरुले बुझेको भन्दै बक्यौता रकम दिलाउने प्रतिबद्धता जनाए । नेताहरुले नै मिल मालिकलाई जोगाउन दबाब दिने गरेको बताएका मन्त्री भट्टले किसानहरुको बाँकी रकम शनिबारसम्म बैंकमा जम्मा नभएर मिल मालिकहरुलाई पक्राउ गरिने बताए ।

आश्वासन दिएर मन्त्री आन्दोलनस्थलबाट निस्किएलगत्तै किसानहरुले उनीविरुद्ध नाराबाजी गरेका थिए ।