बबई गाउँपालिकाले उपभोक्ताका लागि अभिमुखीकरण कार्यक्रम सञ्चालन गरेको छ । वडास्तरका योजना निर्माणका लागि गठन गरिएका उपभोक्ता समितिका पदाधिकारीका लागि अभिमुखीकरण कार्यक्रम सञ्चालन गरेको हो ।
वडा कार्यालयमा पुगेर अभिमुखीकरण कार्यक्रम सञ्चालन भइरहेका छन् । हालसम्म वडा नम्बर २, ३, ४, ५, ६ र ७ मा कार्यक्रम सम्पन्न भएको छ । वडा नम्बर १ मा पनि केही दिनमा अभिमुखीकरण कार्यक्रम हुने योजना शाखाका प्रमुख तिलक केसीले जानकारी दिनुभएको छ ।
उपभोक्ता समितिका पदाधिकारीका लागि काम गर्दा आबश्यक पर्ने प्रक्रिया, कागजपत्र मिलाउन तरिका, स्टिमेट अनुसार काम गर्दा पु¥याउनुपर्ने ध्यानका बिषयमा जानकारी गराउने गरेको प्रमुख केसीको भनाई छ । बिकास निर्माण गर्दा समस्या उत्पन्न हुन सक्ने भन्दै अभिमुखीकरण कार्यक्रमको आयोजना गरिएको उहाँको भनाई छ ।
अभिमुखीकरण कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत भिष्मकुमार मल्ल, लेखा अधिकृत खिमबहादुर वली, योजना शाखा प्रमुख तिलक केसी, प्राबिधीक शाखा प्रमुख ईञ्जीनियर राजेश देबकोटाले प्रशिक्षण दिने गर्नुभएको छ । अभिमुखीकरण कार्यक्रमले काम गर्न सहज हुने उपभोक्ताको भनाई छ ।
यसैबीच बबई गाउँपालिका वडा नम्बर ४ को आयोजनामा भएको कार्यक्रममा बोल्दै उपाध्यक्ष साबित्रा बिश्वकर्माले स्थानीय तहको बिकासका लागि स्वयम उपभोक्ता चनाखो हुनुपर्ने बताउनुभएको थियो । कार्यक्रमको सहजीकरण योजना शाखा प्रमुख तिलक केसीले गर्नुभएको थियो ।