शान्तिनगर गाउँपालिकाले लैंगीक हिंसा निबारण कोष निर्माण गर्ने भएको छ । शान्तिनगरमा भएको परामर्श बैठकका अबसरमा गाउँपालिका अध्यक्ष कमानसिंह डाँगीले दुई लाखको कोष निर्माण गर्ने बताउनुभएको हो ।
लैंगीक हिंसा प्रभावितहरुका सहयोग तथा तत्लकालीन रातका लागि स्थानीय लैंगीक हिंसा निबारण कोष स्थापना र परितचालन सम्बन्धी निती निर्देशिका निर्माण सम्बन्धी परामर्श बैठकमा अध्यक्ष डाँगीले यस्तो प्रतिबद्धता जनाउनुभएको हो । कोष निर्माणका लागि संघीय सरकारका तर्फबाट एक लाख रुपैया प्राप्त भएको छ ।
माहुरी होमले आयोजना गरेको परामर्श बैठकका अबसरमा गाउँपालिकाका तपष्र्mबाट एक लाख रुपैया थप गरेर कोषमा दुई लाख रुपैया पु¥याउने अध्यक्ष डाँगीले जानकारी दिनुभयो । छलफलका क्रममा पालिकाका जनप्रतिनीधि, कर्मचारी, न्यायिक समितिका सदस्य, एकद्वार प्रणालीका प्रतिनीधिहरुको सहभागीता रहेको थियो ।
निर्माण गरिएको कोष मार्फत् हिंसामा परेका महिलाको राहत उद्धारका लागि आबश्यक पर्ने रकम खर्च गर्ने लक्ष्य राखिएको छ । स्थानीय रुपमा हुने हिंसालाई कम गर्नका लागि कोषले सहयोग गर्ने अपेक्षा गरिएको छ ।