फाइल फोटो ।
गुल्मीमा गएराती भएको अटो दुर्घटनामा १ जनाको मृत्यु भएको छ । दुर्घटनामा ४ जना गम्भीर घाइते भएका छन् ।
जिल्लाको रेसुङ्गा नगरपालिका वडा नम्बर–१३ दुबिचौर भन्ने स्थानमा लु १ ह २७४३ नम्बरको अटो दुर्घटनामा चलाक रेसुङ्गा नगरपालिका वडानम्बर–१२ घर भएका तेजबहादुर रानाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालउय गुल्मीले जनाएको छ ।
गौडाकोटबाट तम्घासतर्फ जाँदैगर्दा अनियंत्रित भइ सडकबाट अन्दाजी २०० मिटर तल खसी दुर्घटनामा परेको प्रहरीले जनाएको छ ।
अटोमा सवार घाइते ४ जना मध्ये २ जनाको गुल्मी अस्पताल र २ जनालाई थप उपचारको लागि पाल्पा पठाइएको प्रहरीले जनाएको छ ।
दुर्घटना थाहा पाएपछि नजिकै रहेको शसस्त्र प्रहरी वल ३७ नम्बर गुल्मका प्रहरी निरिक्षक नारायणप्रसाद सेढाई सहित नेपाल प्रहरीका टोलीले उद्घार गरेका थिए।