२०८० चैत्र १६ गते शुक्रवार
२०८० चैत्र १६ गते शुक्रवार

बेसाहारा दुई जनालाई उद्धार

तुलसीपुृरका सडकपेटीमा भौतारिएर बेसाहारा जिवन विताउने दुई जनालाई उद्धार गरिएको छ ।

तुलसीपुर उपमहानगरपालिका नगरप्रमुख घनश्याम पाण्डेको निर्देशनमा मनोसामाजिक समस्याका कारण सडकमा जिवन विताउदै आएका एक पुरुष र एक महिलालाई गएराती सडकबाट उद्धार गरीएको तुलसीपुर उपमहानगरपालिका कोभिड १९ फोकल पर्सन बिमल केसीले जानकारी दिएका छन् । उनीहरुलाई दाङको सिसहनियामा रहेको निलसागर आश्रममा पठाईएको छ ।
आश्रमका संयोजक प्रकाश विष्टको सहभागितामा उनीहरुको उद्धार गरीएको हो । तुलसीपुर बजार क्षेत्रलाई बेसाहारा सडक मानव मुक्त गर्ने अभियान अन्र्तगत दोस्रो चरणमा ती बेसाहारा मानिसहरुको उद्धार गरिएको केसीले जानकारी दिएका छन् । यस अघि कोभिड माहामारी आउनु अघि पनि बजार क्षेत्रको सडक पेटीमा बस्ने बेसाहारा नागरिकलाई उद्धार गरी आश्रममा पठाईएको थियो ।