संवैधानिक परिषदको बैठकले अख्तियार दुरुपयोग अनुसन्धान आयोगको प्रमुखमा पूर्व सचिव प्रेम कुमार राईलाई सिफारिस गरेको छ ।
संवैधानिक परिषद् सम्बन्धी ऐन २०६६ संशोधन अध्यादेश जारी भएपछि मंसिर ३० मा बसेको संवैधानिक परिषदको बैठकले नै राईलाई प्रमुख आयुक्तमा सिफारिस गरेको थियो । तर उक्त निर्णय गोप्य राखिए पनि आइतबार संसदीय सुनाइका लागि सिफारिस पत्र संसद सचिवालयमा पुगेको छ।
यससँगै संसदीय सुनुवाइ विना नै राई अख्तियारमा नियुक्त बन्ने भएका छन् । कानुन अनुसार राईको नाम सिफारिस भएपछि संसदीय सुनुवाइ हुनुपर्ने थियो ।