पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले आगामी बैशाखमा चुनाव नहुने दाबी गरेका छन् ।
प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले संसद विघटन गर्दै आगामी वैशाख १७ र २७ गते दुई चरणमा निर्वाचन मिति घोषणा गरेको सन्दर्भमा डा. भट्टराईले सो दाबी गरेका हुन् ।
उनले सामाजिक सन्जाल ट्वीटरमा लेखेका छन्, ‘बैशाखमा चुनाव हुनेवाला छैन । देश अँध्यारो सुरुङ्गमा फसिसक्यो ।’
उनले संवैधानिक/कानूनी उपचारको झिनो आशा भए पनि भर गर्न नसकिने बताएका छन् । बरु दिगो उपचार राजनीतिक नै भएको भट्टराईको भनाइ छ ।
संगठित/एकीकृत/सशक्त जनप्रतिरोध र प्रतिनिधिसभाको बैठक नै दिगो राजनीतिक उपचार भएको भट्टराईको भनाइ छ ।
बैशाखमा चुनाव हुनेवाला छैन।देश अॅध्यारो सुरूंगमा फसिस्क्यो।संवैधानिक/कानूनी उपचारको झिनो आशा होला तर भर गर्न सकिन्न।दिगो उपचार राजनीतिक नै हो:१.संगठित/एकिकृत/सशक्त जनप्रतिरोध;२.प्रतिनिधिसभाको बैठक( जनतामा निहित सार्वभौमसत्ताको प्रयोग;हिजो राजामा निहित सार्वभौमसत्ताको प्रयोग भएको)
— Baburam Bhattarai (@brb1954) December 21, 2020