नेपाल कम्युनिष्ट पार्टीका प्रचण्ड–नेपाल पक्षले केपी शर्मा ओलीलाई अध्यक्षबाट हटाउने निर्णय गरेको छ।
मंगलबार बिहान बसेको अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र बरिष्ठ नेता माधवकुमार नेपाल पक्षको स्थायी कमिटीको बैठकले ओलीलाई अध्यक्षबाट हटाउने र माधवकुमार नेपाललाई अर्को अध्यक्ष बनाउने निर्णय गरेको एक सदस्यले जानकारी दिए।
स्थायी कमिटीको बैठक उक्त निर्णय अहिले भइरहेको प्रचण्ड(नेपाल समूहको केन्द्रीय कमिटीले पास गर्नेछ।
नेकपाको विधानमा दुई अध्यक्ष रहने व्यवस्था छ। यसअघि ओली र प्रचण्ड अध्यक्ष थिए।