पुर्व नवलपरासीमा ट्रेलर दुर्घटना हुँदा तिन जनाको घटनास्थलमै मृत्यु भएको छ।
गैँडाकोट नगरपालिका ३ कालीगण्डकी करिडोरको भोक्रोफाँट भिरबाट खस्दा उक्त दुर्घटना भएको जिल्ला प्रहरी कार्यालयले जानकारी दिएको छ ।
निर्माणाधिन कालीगण्डकी करिडोरमा काम गर्ने लोहनी कन्स्ट्रक्सनको ना ३ ख ५३३९ नम्बरको ट्रेलर बुधवार विहान दुर्घटनामा परेको हो । दुर्घटना भएका स्थल ठुलो भिर भएकाले मृतकको शवलाई निकाल्न प्रहरी र स्थानियले प्रयास गरीरहेको र उनीहरुको सनाखत हुन बाँकी रहेको प्रहरीले बताएको छ ।
घटनाको विस्तृत विवरण आउन बाँकी रहेको प्रहरीले बताएको छ ।