२०८१ माघ ७ गते सोमवार
२०८१ माघ ७ गते सोमवार

थप ६०८ जनामा कोरोना पुष्टि, ९ जनाको मृत्यु

पछिल्लो २४ घण्टामा देशभर थप ६ सय ८ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ।

शुक्रबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा थप ६ सय ८ जनामा कोरोना पुष्टि भएको हो।

यीसहित हालसम्म संक्रमित हुनेको कुल संख्या २ लाख ५७ हजार २ सय पुगेको छ।

पछिल्लो २४ घण्टामा ८९२ जना निको भएर फर्किएका छन्। योसहित कोरोनाबाट निको हुनेको संख्या २ लाख ४८ हजार २ सय ९२ पुगेको छ।

त्यस्तै, यसको संक्रमणबाट थप ९ जनाको मृत्यु भएको मन्त्रालयले जनाएको छ।

योसँगै कोरोनाबाट मृत्यु हुनेको संख्या एक हजार ८ सय १६ पुगेको छ।