२०८१ माघ १३ गते आइतवार
२०८१ माघ १३ गते आइतवार

पुस १३ गते देशभर प्रदर्शन गर्न देउवाको अपिल

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले यहीँ पुस १३ गते प्रतिनिधिसभा विघटविरुद्ध देशैभर प्रदर्शन गर्न अपिल गरेका छन् ।

शनिबार अपिल जारी गर्दै सभापति देउवाले पार्टीको केन्द्रीय कार्यसमितिको बैठकले गरेको निर्णयअनुसार देशभका १६५ वटै निर्वाचन क्षेत्रमा प्रधानमन्त्री केपी शर्मा ओलीको कदमविरुद्ध प्रदर्शन गर्न आह्वान गरेका दिएका हुन् ।

प्रतिनिधिसभा विघटनको घटनाका पार्टीले असंवैधानिक र अलोकतान्त्रिक ठहर गरिसकेकोले त्यसविरुद्धको आन्दोलनमा सहभागिताका लागि सभापति देउवाले सबैलाई आग्रह गरेका छन् ।

उनले संविधानमा भएको ब्यवस्था प्रतिकुल, जनभावना विपरीतको कार्यविरुद्ध नेपाली कांग्रेस सम्पूर्णरुपले एकमतका साथ उभिएको समेत प्रष्ट्याएका छन् । पार्टी निर्णअनुसार कांग्रेसको ध्यान प्रदर्शनमा रहेको देउवाले बताएका छन् ।