२०८१ माघ १३ गते आइतवार
२०८१ माघ १३ गते आइतवार

तुलसीपुर नगर जेसीजको भवन उद्घाटन

तुलसीपुर नगर जेसीज भवन उद्घाटन गरिएको छ ।

नवनिर्मित भवनको तुलसीपुर उपमहानगरपालिकाका नगरप्रमुख घनश्याम पाण्डेले शनिवार एक कार्यक्रमका विच उद्घाटन गरेका छन् ।

तुलसीपुर नगर जेसीज सन् वर्ष २०२० का अध्यक्ष मोहन स्वर्णकारको अध्यक्षतामा भएको उद्घाटन कार्यक्रममा सन् २०१६ का अध्यक्ष तथा भवन निर्माण समितिका कोषाध्यक्ष सुर्यप्रसाद शर्माले लेखा प्रतिवेदन प्रस्तुत थिए भने वर्ष २०१५ का अध्यक्ष तथा भवन निर्माण समितिका संयोजक झरेन्द्र खरेलले प्रगति प्रतिवेदन प्रस्तुत गरेका थिए ।

सो अवसरमा नेपाल जेसीज वर्ष २०१९ कार्यकारिणी उपाध्यक्ष लालमणि भण्डारी, अन्तरपाटी महिला संजालका अध्यक्ष यमुना शाह, गोरखा बोर्डिङ स्कुलका बिजय जीएम, तुलसीपुर उद्योग वाणिज्य संघका उद्योग उपाध्यक्ष ललितजंग शाह लगाएतले जेसिजले समाजप्रति खेलेको भूमिका राम्रो भएको बताएका थिए ।

तुलसीपुर नगर जेसिज २०२० का कानुनी सल्लाहकार नेत्रलाल भट्टराईको स्वागत मन्तव्यबाट शुरू भएको कार्यक्रमको सहजीकरण तुलसीपुर नगर जेसीज महासचिव केशवराज केसीले गरेका थिए । साथै जेसीजको उद्देश्य र लक्ष्यको बारेमा तुलसीपुर नगर जेसीज वर्ष २०२० का सचिव छविकुमार वलीले प्रकास पारेका थिए ।

जेसीजले ईलाका प्रशासन कार्यालय तुलसीपुर पछाडी तर्फ आफ्नै जग्गामा २७ लाख लागतमा सुविधा सम्पन्न भवन निर्माण गरेको छ ।