२०८० चैत्र १६ गते शुक्रवार
२०८० चैत्र १६ गते शुक्रवार

प्रधानमन्त्री कप महिला क्रिकेटमा आज पनि दुई खेल हुँदै

प्रधानमन्त्री कप राष्ट्रिय महिला ट्वान्टी ट्वान्टी क्रिकेटमा आज पनि दुई वटा खेल हुँदैछन् ।

दाङको देउखुरी मैदानमा बिहान साढे ९ बजेपछि कर्णाली प्रदेश र लुम्बिनी प्रदेश खेल्नेछन् । लुम्बिनी प्रदेश लगातार दोस्रो जितको खोजीमा हुनेछ भने कर्णाली प्रदेश पहिलो जितको खोजीमा हुनेछ । लुम्बिनी प्रदेशले पहिलो खेलमा हिजो प्रदेश २ लाई हराएको थियो ।

कर्णाली प्रदेश भने एपीएफसँग पराजित भएको थियो । यस्तै आजै दिउँसो एपीएफ र प्रदेश नम्बर २ बीच प्रतिस्पर्धा हुनेछ । एपीएफ पनि लगातार दोस्रो जितको लक्ष्यका साथ मैदान उत्रनेछ । प्रदेश २ भने पहिलो जितको खोजीमा हुनेछ । दुई समूहमा विभाजन गरिएको यो प्रतियोगिताका शीर्ष २ टिम सेमिफाइनल पुग्नेछन् ।