२०८१ बैशाख ६ गते बिहिवार
२०८१ बैशाख ६ गते बिहिवार

प्रधानमन्त्री कप महिला क्रिकेटमा लुम्बिनीको लगातार दोस्रो जित

प्रधानमन्त्री कप क्रिकेटमा लुम्बिनी प्रदेश लगातार दोस्रो जित निकालेको छ। आइतबार भएको खेलमा लुम्बिनीले कर्णाली प्रदेशविरुद्ध ९ विकेटको जित निकालेको थियो । दाङको देउखुरी क्रिकेट मैदानमा कर्णालीले दिएको ३५ रनको सामान्य लक्ष्य लुम्बिनीले ३ ओभर ३ बलमा पूरा गर्‍यो।

लुम्बिनीका लागि नेरी थापाले सर्वाधिक ९ रन बनाइन् भने २० रन अतिरिक्त पाएको थियो। यसअघि मौसमका कारण १३ ओभरमा झारिएको खेलमा टस जितेर पहिले ब्याटिङ गरेको कर्णालीले निर्धारित १३ ओभरमा ५ विकेट गुमाउँदै मात्र ३४ रन बनायो।

कर्णालीका लागि दीक्षा पुरीले सर्वाधिक ८ रन बसफल भइन्। त्यस्तै अन्शु शाक्यले ७ रन बनाइन् । तिर्सना विश्वकर्मा, मोनिका रानाले २–२ रन बनाइन् ।

बलिङतर्फ लुम्बिनीकी लागि कप्तान नेरी थापाले दुई विकेट लिइन् । आजको खेलमा जित निकाल्दै लुम्बिनी प्रतियोगिताको सेमिफाइनल प्रवेशका लागि आफूलाई बलियो बनाएको छ। लुम्बिनीले पहिलो खेलमा प्रदेश २ लाई हराएको थियो । यसअघि हिजो लुम्बिनीले प्रदेश २ लाई ९ विकेटले नै हराएको थियो। प्रतियोगिता अन्तरगत अहिले एपिएफ र प्रदेश २ बिच भइरहेको छ ।