२०८१ माघ १३ गते आइतवार
२०८१ माघ १३ गते आइतवार

लुम्बिनीमा तत्काल मुख्यमन्त्रीविरूद्ध अविश्वासको प्रस्ताव दर्ता नहुने

लुम्बिनी प्रदेशमा तत्काल मुख्यमन्त्रीविरूद्ध अविश्वासको प्रस्ताव दर्ता नहुने भएको छ।

आज नै मुख्यमन्त्री शंकर पोखरेलविरूद्ध अविश्वासको प्रस्ताव दर्ता हुन्छ भन्नु हल्ला मात्रै भएको नेपाल कम्युनिष्ट पार्टी नेकपा लुम्बिनी प्रदेशकी अध्यक्ष तथा पूर्वसभामुख ओनसरी घर्तीले बताएकी हुन्।

नेकपा भित्रको पुष्पकमल दाहाल (प्रचण्ड) र माधवकुमार नेपाल समूहकी घर्तीले भविष्यमा त्यस्तो प्रस्ताव आउन सक्ने भने उनले संकेत गरिन्।

विघठित राष्ट्रियसभाका सदस्य तथा लुम्बिनी प्रदेश नेकपाका सचिव जगप्रसाद शर्मा (अपार)ले पनि अहिले र आजै नै अविश्वासको प्रस्ताव दर्ता हुन लागेको भन्ने कुरा असत्य रहेको बताए।

अपार पनि प्रचण्ड–नेपाल समूहका नेता हुन्।

-सेतोपाटीबाट