२०७७ माघ १५ गते बिहिवार
२०७७ माघ १५ गते बिहिवार

सलमानले मनाए आफ्नो ५५औँ जन्मदिन

आज बलिउड अभिनेता सलमान खानको ५५ औँ जन्मदिन। कोरोना भाइरसका कारण सलमानले यसपटक विगतमा जस्तो बर्थडे पार्टीको आयोजना गरेनन्।

तर परिवार र नजिकका साथीहरुका साथमा सलमानले आफ्नो फार्म हाउसमा सामान्य तरिकाले जन्मदिन मनाएका छन्। यतिबेला सलमानको बर्थेडे सेलिब्रेशनका भिडियो र फोटोहरु सामाजिक सञ्चालमा भाइरल भएका छन्।

भिडियो र फोटोमा सलमान केक काट्दै गरेको अवस्थामा देखिएका छन्। उनका वरिपरी बडीगार्ड पनि देखिन्छन्।