२०८१ बैशाख ७ गते शुक्रवार
२०८१ बैशाख ७ गते शुक्रवार

दंगाली नायक तथा मोडल पल शाह सम्मानित हुँदै

पछिल्लो समयका लोकप्रिय दंगाली नायक तथा मोडल पल शाह सम्मानित हुनेभएका छन् । नेपाल चलचित्र कलाकार संघले पल सहित अन्य ७ चलचित्रकर्मीलाई सम्मान गर्न लागेको हो।

विश्वभर महामारीको रुपमा फैलिएको कोरोना भाइरसको विषम परिस्थितिमा पनि दिनरात खटेर ज्यान जोखिममा राख्दै दुखी पीडितलाई सहयोग गर्ने ७ चलचित्रकर्मीको कामको मुल्यांकन गर्दै संघले सम्मान गर्ने घोषणा गरेको हो।

सम्मानित हुनेमा पलका अलवा कलाकार निर्मल शर्मा, नायिका पूजा शर्मा, कलाकार तथा रंग पत्रकार सूर्य चन्द, चलचित्रकर्मी राज घिमिरे, निर्देशक एभरेस्ट सूर्य बोहरा र नायिका रिया श्रेष्ठ रहेका छन् ।

कलाकार संघका अध्यक्ष रवीन्द्र खड्काको अध्यक्षतामा बसेको कार्यसमितिको बैठकले सोको निर्णय गरेको हो। आफ्नो कलाकारितासंगै विषम परिस्थितिमा पनि ज्यानको प्रवाह नगरि सामाजिक कार्य गर्ने कलाकारको सम्मान गर्दा सामाजिक कार्य गर्न उनीहरूमा थप उर्जा मिल्ने पनि संघले जनाएको छ।