२०८१ माघ ७ गते सोमवार
२०८१ माघ ७ गते सोमवार

भारतमा पनि भेटियो नयाँ प्रकारको कोरोना भाइरस

भारतमा पनि नयाँ प्रकारको कोरोना भाइरस भेटिएको छ।

बेलायतबाट आएका ६ जनमा नयाँ प्रकारको कोरोना पुष्टि भएको सरकारी अधिकारीहरूले जनाएका छन्।

संक्रमण पुष्टि हुनेमा बेंगलरू, हैदरावाद र पुनेका नागरिक छन्। अहिले संक्रमण पुष्टि भएका छ जनाको परिवार र उनीहरूसँग नजिकको सम्पर्कमा आएका व्यक्तिहरूको ट्रेसिङ गर्ने काम भइरहेको छ।

बेलायतबाट आएका यात्रुहरूको ‘जिनोम सिक्वेन्सिङ’ विधिबाट परीक्षण गरेपछि नयाँ प्रजातिको भाइरस रहेको पुष्टि भएको बताइएको छ।

भारतले गत साता नै बेलायतसँगको हवाई सेवा बन्द गरिसकेको छ। नयाँ प्रजातिको कोरोना पहिलेको भन्दा ७० प्रतिशत संक्रामक रहेको भन्दै यसले शरीरलाई छिटो आक्रमण गर्ने अध्ययनले बताएको छ।