२०८१ माघ १३ गते आइतवार
२०८१ माघ १३ गते आइतवार

कांग्रेसले आज राष्ट्रिय एकता तथा मेलमिलाप दिवस मनाउँदै

नेपाली कांग्रेसले आज राष्ट्रिय एकता तथा मेलमिलाप दिवस विभिन्न कार्यक्रम गरी मनाउँदैछ।

काँग्रेसका ७७ जिल्ला कार्यसमितिले आ–आफ्नो जिल्लामा आज विभिन्न कार्यक्रमको आयोजना गरि दिवस मनाउन लागेको हो । आज बिहान साढे ९ बजे सूचना, सञ्चार तथा प्रचार विभागले ‘नेपाली राजनीतिमा मेलमिलापको सान्दर्भिकता’ विषयक भर्चुअल कार्यक्रम राखेको छ।

कार्यक्रमका प्रमुख वक्ता सभापति शेरबहादुर देउवा र नेता प्रदीप गिरि रहनुहुने बताइएको छ। २०३३ पुस १६ गते तत्कालीन काँग्रेस सभापति विपी कोइराला र नेता गणेशमान सिंह राजासँग विद्रोह होइन मिल्नुपर्छ भन्दै मेलमिलापको नीति लिएर नेपाल फर्किएका थिए ।

सोही दिनको सम्झनामा काँग्रेसले हरेक वर्ष मेलमिलाप दिवस मनाउँदै आएको छ । काँग्रेस प्रवक्ता विश्व प्रकाश शर्माले यस वर्षको राष्ट्रिय एकता तथा मेलमिलाप दिवस सरकारको अलोकतान्त्रिक कदमको विरोधका लागि जनतालाई एकत्रित गर्न केन्द्रीत हुने बताए । उनले मेलमिलाप दिवस सरकारको अलोकतान्त्रिक कदमविरुद्ध सबै शक्तिलाई एक ठाउँमा उभ्याउनका लागि केन्द्रित हुने बताए ।