२०८१ माघ ७ गते सोमवार
२०८१ माघ ७ गते सोमवार

थप ५३४ जनामा कोरोना पुष्टि, ४४७ जना डिस्चार्ज

पछिल्लो २४ घण्टामा देशभर ५३४ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । संक्रमित हुनेमा १९६ जना महिला र ३३८ जना पुरुष रहेका छन् । २४ घण्टामा ६००० पीसीआर परीक्षण भएको छ भने हालसम्म १९ लाख ३२ हजार ४७७ पीसीआर परीक्षण भएका छन् ।

यो सँगै देशभर संक्रमितको कुल संख्या २ लाख ६० हजार ५९३ पुगेको छ । सक्रिय संक्रमितको संख्या ६ हजार ३७८ छ भने क्वारेन्टाइनमा ३६२ जना रहेका छन् ।

त्यसैगरी २४ घण्टामा ४४७ जना निको भइ डिस्चार्ज भएका छन् । यो सँगै कोरोनाबाट निको हुनेको संख्या २ लाख ५२ हजार ३५९ पुगेको छ ।

२४ घण्टामा कोरोनाबाट ९ को मृत्यु भएको छ र हालसम्म कोरोनाबाट ज्यान गुमाउनेको संख्या १ हजार ८५६ रहेको छ ।