२०८० चैत्र १५ गते बिहिवार
२०८० चैत्र १५ गते बिहिवार

प्रदेश १ द्वारा गण्डकी प्रदेश ७ रनमै अलआउट

प्रधानमन्त्री कप महिला क्रिकेटमा गण्डकी प्रदेशले प्रदेश १ सँग १ सय ४० रनको फराकिलो हार बेहोरेको छ ।

दाङको लमहीमा प्रदेश १ ले दिएको १ सय ४८ रनको लक्ष्य पछ्याएको गण्डकी प्रदेश ८ ओभरमा ७ रन बनाउँदै अलआउट भयो । गण्डकी प्रदेशका नौ जना खेलाडी शून्यमा आउट भए । कुसुम गोदार र सोनिया थापाले २–२ रन बनाए । गण्डकीले ४ रन अतिरिक्त पाएको थियो ।

प्रदेश १ का लागि संगीता राईले ५ र सबनम राईले ४ विकेट लिए । यसअघि पहिले ब्याटिङ गरेको प्रदेश १ ले २० ओभरमा १ विकेट गुमाएर १ सय ४७ रन बनाएको थियो । उसका लागि काजल श्रेष्ठले ५२, रोमा थापाले ५१, र रुविना क्षेत्रीले १५ रन बनाएका थिए ।

प्रदेश १ यसअघि नै सेमिफाइलनमा पुगिसकेको छ भने गण्डकी बाहिरिइसकेको छ ।