लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले राजनीतिक परिवर्तनले भूमिहिन सुकुमबासीका समस्या समाधानमा असर नपार्ने बताउनुभएको छ । भूमिहिन सुकुमबासी समाधान आयोगले शुक्रबार तुलसीपुरमा आयोजना गरेको कार्यक्रममा मुख्यमन्त्री पोखरलले कानुनले गठन गरेको आयोगलाई राजनीतिक रुपमा हुने परिवर्तनले असर नपार्ने बताउनुभएको हो ।
मुख्यमन्त्री पोखरलेले लामो समयदेखि भूमिहिन सुकुमबासीका समस्या समाधान हुन नसकेको भन्दा अहिले जिम्मेवारी पाएको सम्बन्धित व्यक्ति र आयोगले निर्बाध काम गर्नुपर्ने बताउनुभयो । उहाँले सरकारले सबै भूमिहिन सुकुमबासीको समाधान राज्य गम्भिर रहेको उल्लेख गर्नुभयो । कोहि पनि नागरिक सकुमबासी हुनुनपर्ने बताउँदै उहाँले भूमिहिन सुकमबासीका नाममा राजनीति नगर्न आग्रह गर्नुभयो ।
व्यवस्थित बसोबासका लागि स्थानीय सरकारलाई जिम्मेवारी आएको उल्लेख गर्दै उहाँले कुनैपनि नागरिकलाई राजनीतिक आस्थाको आधारमा नहेर्न स्थानीय तहका जनप्रतिनिधिलाई निर्देशन दिनुभयो । उहाँले अहिले अव्यवस्थित रुपमा सडकको छेउ र खोेलाको छेउमा बसोबास भइरहेको भन्दै यसलाई पनि ब्यबस्थापन गर्न आग्रह गर्नुभयो ।
दाङमा पहिलो चरणमा दाङमा राप्ती, बंगलाचुली र राजपुर गाउँपालिकाबाहेक ७ स्थानीय तहमा भूमिसम्बन्धि समस्या समाधान गर्ने गरी काम अघि बढेको छ ।