२०८१ माघ १३ गते आइतवार
२०८१ माघ १३ गते आइतवार

लमहीकी ६५ वर्षीय कोरोना संक्रमित महिलाको मृत्यु

सांकेतिक तस्वीर ।

बाँकेको भेरी अस्पतालमा उपचारका क्रममा एक कोरोना संक्रमित महिलाको मृत्यु भएको छ ।

दाङ लमही नगरपालिका ८ कि ६५ वर्षीय महिलाको शनिबार राति मृत्यु भएको हो ।

स्वास्थ्यमा समस्या भएपछि यही पुस १३ गते अस्पताल भर्ना भएकी महिलामा १५ गते कोरोना संक्रमण पुष्टि भएको थियो । त्यसपछि कोभिड आईसीयूमा भर्ना भएकी उनलाई रोगको प्रकृतिअनुसार सबै प्रकारको उपचार गरिए पनि मृत्यु भएको अस्पताल स्रोतले बताएको छ ।

जिल्ला कोभिड १९ संकट व्यवस्थापन केन्द्र ‘डीसीसीएमसी’ बाँकेका फोकल पर्सन तेज ओलीका अनुसार उनको मृत्यु भएसँगै बाँकेमा संक्रमणबाट मृत्यु हुनेको संख्या ७७ पुगेको छ ।