दाङ जिल्ला उद्योग बाणिज्य संघको नयाँ नेतृत्वका लागि आज अध्यक्ष र कोषाध्यक्ष पदमा निर्वाचन हुँदैछ । बिहान ८ बजेदेखि मतदान शुरु भइसकेको छ ।
अध्यक्षमा बर्तमान उपाध्यक्षहरु बसन्त जोशी र टंकसिंह बुढाथोकी तथा बर्तमान कोषाध्यक्ष शुसिल पोख्रेल र सदस्य धनपती शर्मा विच कोषाध्यक्ष पदमा प्रतिस्पर्धा हुन लागेको छ ।
अन्य विभिन्न १९ पदका पदाधिकारी एवं सदस्यहरु भने यस अघि नै सर्वम्मत चुनि सकेका छन् ।
अध्यक्ष र कोषाध्यक्ष पदमा भने सहमती जुट्न नसकेका कारण निर्वाचन हुन लागेको हो ।
बुढाथोकी र पोख्रेललाई राजनितिक दल तथा व्यवसायीक संगठनहरुले साझा उमेद्वार बनाएका छन् भने जोशी र शर्माले स्वतन्त्ररुपमा उमेद्वारी दिनुभएको छ । चार हजार ३ सय ३८ जना मतदाता रहेको र आज बेलुका ५ बजे सम्म मतदान हुने संघका अध्यक्ष नारायणप्रसाद भुसालले जानकारी दिनुभएको छ ।
२१ सदस्यीय कार्य समितिमा यस पटक ६ जना थपिएको छ । एक जना बरिष्ठ उपाध्यक्ष, एक जना सह कोषाध्यक्ष, एक जना एसोशिएट सदस्य, एक जना बस्तुगत सदस्य र अन्य दुई जना सदस्य गरि ६ जना नयाँ पदाधिकारी थप गरिएको हो ।
अध्यक्ष र कोषाध्यक्षका चारै जना उमेद्वारहरुले आफुहरुको जित सुनिश्चित भएको दावी गरेका छन् ।