२०७७ माघ १५ गते बिहिवार
२०७७ माघ १५ गते बिहिवार

दीपक वलीद्वारा निर्देशित चलचित्र ‘कृष्णलीला’को छायांकन सम्पन्न

दाङका चलचित्र निर्देशक दीपक वलीद्वारा निर्देशित तथा नायक पुष्प खड्का र नायिका श्रद्धा क्षेत्रीको मुख्य भूमिका रहेको चलचित्र ‘कृष्णलीला’को छायांकन सकिएको छ ।

यो चलचित्रको छायांकन ४४ दिनमा सकिएको निर्देशक दीपक वलीले बताएका छन् । चलचित्रको छायांकन झापा, इलाम र कोशी ब्यारेजमा गरिएको छ ।

लक्ष्मण सुवेदीको लेखन रहेको चलचित्रमा पुष्प खड्का, श्रद्धा क्षेत्रीको साथमा वुद्दि तामाङ, रविनद्र झा लगायतका कलाकारको अभिनय छ । रोहित कट्टेल, रत्न तामाङ, प्रकाश कार्की र केवल तामाङ चलचित्रका लगानीकर्ता हुन् ।

यो चलचित्रको प्रदर्शन मिति भने तय गरिएको छैन ।