२०८१ माघ ७ गते सोमवार
२०८१ माघ ७ गते सोमवार

नेकपा लुम्बिनी प्रदेश इन्चार्जबाट शंकर पोखरेल बर्खास्त

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को पुष्पकमल दाहाल प्रचण्ड–माधव नेपाल पक्षले लुम्बिनी प्रदेशको इन्चार्ज शंकर पोखरेललाइ हटाउने निर्णय गरेको छ।

सोमबार बसेको प्रचण्ड–नेपाल पक्षको स्थायी समिति बैठकले लुम्बिनी प्रदेशका इन्चार्ज पोखरेललाई हटाउने निर्णय गरेको हो । पोखरेल लुम्बिनी प्रदेशको मुख्यमन्त्री समेत हुन् ।

पोखरेलको ठाउँमा स्थायी समिति सदस्य युवराज ज्ञवालीललाई जिम्मेवारी दिइएको स्थायी समिति सदस्य देव गुरुङले जानकारी दिए ।

संसद विघटनपछि नेकपा विभाजित हुँदा एक पक्षले अर्को पक्षलाई जिम्मेवारीबाट हटाउँदै आएको छ ।