पश्चिम दाङको पातेटाकुरामा अटो रिक्सा पल्टिदा ४ जना घाइते भएका छन् । घाइते ४ जना मध्य गम्भिर घाइते तुलसीपुर उपमहानगरपालिका–५रहेको ईलाका प्रहरी कार्यालय तुलसीपुरले जानकारी दिएको छ ।
बाघमारेबाट तुलसीपुरका लागि छुटेको रा१ह ३१०३ नम्बरको अटो शान्तिनगर गाउँपालिका–३ पातोटाकुरामा अनियन्त्रीत भएर पल्टिदा तुलसीपुर उपमहानगरपालिका–५ शंकर टोल निबासी ३१ बर्षकी बिमला घर्ती र शान्तिनगर गाउँपालिका २ सिम निबासी ५२ बर्षका सिङ बहादुर सार्कीको तुलसीपुरमा सामान्य उपचारपछि थप उपचारका लागि कोहलपुर रिफर गरिएको छ ।
त्यसैगरी अन्य घाइते शान्तिनगर –२ बाघमारे २४ बर्षकी रिता नेपाली, सोही ठाउँ निबासी ४७ बर्षका लोक बहादुर विश्वकर्माको राप्ती प्रादेशिक अस्पताल तुलसीपिुरमा उपचार भइरहेको छ ।