२०८१ माघ १३ गते आइतवार
२०८१ माघ १३ गते आइतवार

आफैंले चलाएको मोटरसाइकल अनियन्त्रित भई दुर्घटना हुँदा मृत्यु

फाइल तस्वीर ।

आफैंले चलाएको मोटरसाइकल अनियन्त्रित हुँदा झापाको शिवसताक्षी नगरपालिकामा एक जनाको मृत्यु भएको छ।

प्रहरीले दिएको जानकारीअनुसार आफैंले चलाएको मोटरसाइकल अनियन्त्रित भई दुर्घटना हुँदा शनिबार बेलुकी ८ बजेतिर शिवसताक्षी नगरपालिका वडा नम्बर ११ का छविरमण ढकालको मृत्यु भएको हो।

झापा दमकबाट पूर्वतर्फ आउँदै गरेका ३७ वर्षिय ढकालको घटनास्थलमै मृत्यु भएको प्रहरीले बताएको छ। उनले चलाएको मे ३ प ९८९६ नम्बरको मोटरसाइकल अनियन्त्रित भई दुर्घटना भएको थियो।

शिवसताक्षी नगरपालिका वडा नम्बर १ धरमपुर कमलखोला नजिक सडकमा उक्त मोटरसाइकल दुर्घटनामा परेको थियो।