२०८१ माघ १३ गते आइतवार
२०८१ माघ १३ गते आइतवार

उरहरी स्वास्थ्य चौकीमा पुर्ण खोप सुनिस्चित अभियान


उरहरी स्वास्थ्य चौकि बेल्टाकुराले पुर्ण खोप सुनिश्चित गर्न अभियान थालेको छ ।

अभियान अन्तर्गत जनप्रतिनिधि, स्वास्थ्य स्वयम्सेबिका तथा अन्य सरोकारवालाहरुसंग अन्तरक्रिया गरिएको छ । ब्यबस्थापन समितिका अध्यक्ष तथा वडा अध्यक्ष चित्र बहादुर वलीको अध्यक्षतामा भएको कार्यक्रममा खोपको महत्व र अहिले सम्मको प्रगति बारे स्वास्थ्य चौकिका इन्चार्ज चित्र वलि, हेल्थ असिस्टेन्टहरु खड्ग बहादुर बस्नेत, शेर बहादुर बिसि लगायतले जानकारी गराउनु भएको थियो ।

वडा कार्यालयको समन्बयमा खोपको पहुचको एकिन तथ्यांक संकलन गरि पुर्ण खोप सुनिस्चितता गर्न निर्णय समेत गरिएको छ । उक्त कार्यक्रमलाइ वडा सदस्य सुबास डागि , वडा सचिब लक्ष्मी राना लगायतले सम्बोधन गर्नुभएको थियो । कार्यक्रमको सहजीकरण स्वास्थ्य चौकिका हेल्थ असिस्टेन्ट यज्ञ बहादुर केसिले गर्नुभएको थियो ।