२०७७ माघ १५ गते बिहिवार
२०७७ माघ १५ गते बिहिवार

स्थानीयस्तरबाट पार्टी एकतालाई जोड गरौं : नेता वली

नेपाल कम्युनिस्ट पार्टी नेकपाका केन्द्रीय सदस्य छबिलाल वलीले स्थानीयस्तरबाट पार्टी एकतालाई जोड दिनुपर्ने बताउनुभएको छ ।

नेकपा बबईको अगुवा कार्यकर्ता भेलालाई सम्बोधन गर्दै केन्द्रीय सदस्य वलीले यस्तो बताउनुभएको हो ।

नेता र कार्यकर्ताले निकै दुख गरेर पार्टी निर्माण भएको स्मरण गर्दै नेता वलीले आन्दोलनबाट प्राप्त भएको प्रतिफललाई जोगाउन सबैले चनाखो हुनुपर्ने बताउनुभयो । अहिले पार्टीभित्र केही बिचलन पैदा भएको बताउदै केपि वलीको पक्षमा लाग्न आग्रह गर्नुभयो ।

गाउँ कमिटी अध्यक्ष जितबहादुर वलीको अध्यक्षतामा भएको कार्यक्रममा केन्द्रीय सदस्य नरुलाल चौधरी, घनश्याम पाण्डे, ध्रुब आचार्य, मिलन चौधरी, राममणी नेपाली, जितेन्द्रमान नेपाली, तुलसा केसीले बोल्नुभएको थियो ।

सयौं कार्यकर्ता सहभागी कार्यक्रममा सबै नेताहरुले प्रशिक्षणात्मक भनाई राख्नुभएको थियो ।

नेकपाका नेता तथा बबई गाउपालिकाका अध्यक्ष भुबनेश्वर पौडेलको स्वागत मन्तब्यबाट सुरु भएको कार्यक्रमको सहजीकरण नेकपाका नेता टेकबहादुर वलीले गर्नुभएको थियो ।