२०७७ माघ १५ गते बिहिवार
२०७७ माघ १५ गते बिहिवार

माघ ३ गते हुने विरोध र्याली सफल पार्न बबईमा छलफल

केपी सरकारको असंबैधानिक कदम विरुद्धमा नेपाली कांग्रेसको केन्द्रिय निर्देशन अनुसार देशभरका गाउँपालिमा आगामी माघ ३ गते गर्न लागेको विरोध ¥याली गर्दै छ ।

विरोध ¥यालीलाई सफल पार्न नेपाली कांग्रेस बबईले आज छलफल गरेको छ । नेपाली कांग्रेस बबईका सभापती बल बहादुर बुढाको सभापतित्वमा भएको भएको छलफल कार्यक्रममा वडा सभापती, नेता तथा कार्यकर्ताको सुझाव सहित वरोध ¥याली सफल पार्न रणनितिक योजना तयार पारिएको छ ।

माघ ३ गते हुने वरोध ¥याली हापुरेको पार्टी कार्यालयबाट सुरु भई हापुरेको माथिल्लो चोकमा पुगी कोण सभामा परिणत भई समापन हुने भएकाले उपस्थितिका लागि नेपाली कांग्रेस बबईका सचिब गणेस केसीले बबईका नेता, कार्यकर्ता तथा शुभेच्छुक सबैमा आग्रह गर्नु भएको छ ।