२०७७ माघ १५ गते बिहिवार
२०७७ माघ १५ गते बिहिवार

लक्ष्मीनारायण आधारभूत विद्यालयमा अनुगमन

दंगिशरण गाउँपालिका वडा नं ५ सलौरामा रहेको लक्ष्मीनारायण आधारभूत विद्यालयमा अनुगमण गरिएको छ ।

दंगिशरण शिक्षा शाखा प्रमुख विनोद अधिकारीको नेतृत्वमा गएको एक टोलीले अनुगमन गरेको हो ।

कोभिड १९ का विच संचालन गरिएको विद्यालयमा बिद्यार्थीको उपस्थिती दर , विद्यार्थीहरुको शैक्षिक गुणस्तर तथा विद्यालयको भौतिक पूर्वाधारबारे जानकारी लिइएका थियो ।

उक्त अनुगमनका क्रममा विद्यालयमा रहेका विभिन्न समस्याबारे प्रधानाध्यापक गोविन्द आचार्यले अवगत गराउनु भएको थियो।