२०८० चैत्र १६ गते शुक्रवार
२०८० चैत्र १६ गते शुक्रवार

बसले मोटरसाइकललाई ठक्कर दिदा एक जनाको मृत्यु

सांकेतिक तस्वीर ।

सल्यानमा यात्रुबहाक बसले मोटरसाइकललाई ठक्कर दिदा एक जनाको मृत्यु भएको छ ।

जिल्लाको शारदा नगरपालिका ६ बरला बजार नजिकै मोटरसाइकलाई ठक्कर दिदा मोटरसाइकलमा सवार शारदा नगरपालिका ६ बरलाका ३० वर्षीय विरेन्द्र भण्डारीको मृत्यु भएको हो ।

ढोरचौरबाट श्रीनगर आउँदै गरेको ना ३ ख ९६४३ न को बसले श्रीनगरबाट बरला जाँदै गरेको रा ३ प ८७६७ न मोटरसाइललाई ठक्कर दिएको जिल्ला प्रहरी कार्यालय सल्यानका सूचना अधिकारी लक्ष्मण ओलीले जानकारी दिए ।

दुर्घटनामा घाइते भण्डारीको सल्यान जिल्ला अस्पताल खलंगामा उपचारको क्रममा मृत्यु भएको ओलीको भनाई छ ।

ठक्कर दिने बस नियन्त्रण रहेको र चालक भने फरार रहेको प्रहरीले जनाएको छ ।