२०८० चैत्र १६ गते शुक्रवार
२०८० चैत्र १६ गते शुक्रवार

किशोरीमाथि सामूहिक बलात्कारको आरोपमा एक जना पक्राउ

बैतडीमा १७ वर्षीया किशोरीमाथि सामूहिक बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् ।

पञ्चेश्वर गाउँपालिकाकी ती किशोरीलाई बलात्कार गरेको आरोपमा स्थानीय २३ वर्षीय प्रविन चन्द पक्राउ परेका हुन् ।

घटनामा संलग्‍न अर्का एक जना फरार रहेको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रमुख नारायणप्रसाद अधिकारीले जानकारी दिए । उनको खोजी भइरहेको प्रहरीले जनाएको छ ।

गत पुस १५ गते घरमै बसिरहेकी ती किशोरीलाई २ जना युवाले सामूहिक बलात्कार गरेर फरार थिए । पीडित परिवारले प्रहरीमा उजूरी दिएपछि चन्द मंगलबार साँझ पक्राउ परेका थिए । घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।