नेपाली कांग्रेसका नेता गगन थापाले प्रधानमन्त्री केपी शर्मा ओलीले दिने गरेका धम्कीबाट कोही पनि नडराउने बताएका छन्।
विवेक हुने मानिस प्रधानमन्त्री ओलीको धम्कीबाट नडराउने उनको भनाइ छ।
सर्लाही पुगेका थापाले आज पार्टीले गरेको कार्यक्रममा भने, ‘कोही मानिसको विवेक छैनरु प्रधानमन्त्रीजी धम्क्याउन छोडिदिनुस्। तपाईंको धम्कीबाट तपाईंकै पार्टीका ‘जोकर’हरू डराउँलान् तर हामी डराउँदैनौं। विवेक भएको मानिस डराउँदैन।’
उनले प्रधानमन्त्री ओलीको धम्कीले अदालत पनि नडराउने बताएका छन्।
प्रधानमन्त्री ओलीले पूर्वप्रधानन्यायाधीशहरूलाई जागिरे भन्दै धम्की दिएकोप्रति थापाले पूर्वप्रधानन्यायाधीशहरूले भन्दा प्रत्येक दिन प्रधानमन्त्री ओलीले धम्की दिने गरेको बताएका छन्।
मीनबहादुर रायमाझी र अनुपराज शर्माले शाही आयोग खारेज गरिदिएको उनले बताए।
‘यी पूर्वप्रधानन्यायाधीशहरू त्यसबेला जागिरे नभएका भए आज ज्ञानेन्द्रले बनाएका शाही कोठरीमा थुनेर बस्ने अवस्था हुन्थ्यो। त्यसबेला थपडी अहिले धम्कीरु’ उनले प्रश्न गरे।