२०८१ बैशाख ७ गते शुक्रवार
२०८१ बैशाख ७ गते शुक्रवार

मानब बेचबिखन मुद्दामा बिमला ओलीलाई अदालतले २५ लाख बिगो भराउने

मानब बेचबिखन मुद्दामा लुम्बिनी प्रदेशसभा सदस्य बिमला ओलीलाई अदालतले २५ लाख बिगो भराउने फैसला सुनाएको छ । अर्का अभियुक्त घोराही–१४ मिलनचोक निवासी टोपबहादुर जिसीलाई २ वर्ष कैद र १२ लाख रुपैयाँ बिगो भराउने र मतियारको भूमिकामा देखिएका तुलसिपुर निवासी मुकुन्दराज जीसीलाई एक वर्ष कैदको फैसला गरेको छ ।

नरेन्द्रलाई अमेरिका पठाउने मुख्य व्यक्ति तत्कालीन लुम्बिनि प्रदेशका प्रदेशसभा सदस्य उत्तरकुमार ओलीको मृत्यु भइसकेको छ । उनको मृत्यु भइसकेकाले उत्तरकी श्रीमती लुम्बिनी प्रदेशसभाकी प्रदेशसभा सदस्य विमला ओलीले २५ लाख रुपैयाँ बिगो तिर्नुपर्ने फैसला अदालतले गरेको हो ।

पुस १९ गते जिल्ला अदालत काठमाडौँका न्यायाधीश बद्रीप्रसाद ओलीको इजलासले अभियुक्तलाई दोषी ठहर गर्दै सजाय तोकेको हो । पिडित नरेन्द्र बस्नेतले मानब बेचबिखन ब्युरो काठमाडौं मार्फत काठमाडौं जिल्ला अदालतमा मुद्धा दिएका थिए । उक्त मुद्दामा फैसला सुनाउँदै अदालतले अभियुक्तलाई दोषी ठहर गर्दै सजाय तोकेको छ ।