२०८१ माघ ७ गते सोमवार
२०८१ माघ ७ गते सोमवार

कोरोनाविरुद्धको खोप ‘कोभिसिल्ड’लाई नेपालमा अनुमति

औषधि व्यवस्था विभागले कोरोना भाइरसविरुद्धको खोप ‘कोभिसिल्ड’लाई नेपालमा आपतकालीन प्रयोगको अनुमति दिएको छ ।

सेरम इनिस्च्युट अफ इण्डियाले उत्पादन गरेको खोपलाई आपतकालीन प्रयोगका लाथि सशर्त अनुमति दिइएको विभागले जनाएको छ । विभागले दुई दिन अघि आपतकालीलन अनुमतिको लागि प्रयोग गरिने खोप दर्ता आहृवान गरेको थियो ।

कोभिसिल्ड’ अक्सफोर्ड युनिभर्सिटीले एस्ट्राजेनेकासँग मिलेर विकास गरेको खोपको भारतीय संस्करण हो । भारतले यो खोपलाई आपतकालीन प्रयोगको लागि अनुमति दिइसकेको छ ।