२०८१ माघ १३ गते आइतवार
२०८१ माघ १३ गते आइतवार

संसद विघटनसम्बन्धी मुद्दाको सुनुवाइ संवैधानिक इजलासमै हुने

प्रतिनिधि सभा विघटन सम्बन्धी मुद्दाको सुनुवाइ आइतबारदेखि संवैधानिक इजलासमै हुने भएको छ।

संवैधानिक इजलासमा भएको बहसमा मुद्दा वृहत् पूर्ण इजलासमा पठाउने कि नपठाउने भन्नेबारे विवाद भएकै बेला सर्वोच्चलेप्रतिनिधि सभा विघटन सम्बन्धी मुद्दाको सुनुवाई संवैधानिक इजलासबाटै हुने सर्वोच्च अदालतका सह-रजिस्टार बाबुराम दाहालले जानकारी दिए।

‘प्रस्तुत रिट निवेदन संवैधानिक इजलासको क्षेत्राधिकार भित्रको नभएकोले बृहद पूर्ण इजलासबाट सुनुवाई गरी पाउँ भन्ने द.नं. ४४९९ मिति २०७७।९।२२ को निवेदन पेश भयो। प्रस्तुत रिट निवेदनमा नेपालको संविधानको धारा १३७९३० बमोजिम गम्भीर संवैधानिक व्याख्याको प्रश्न समावेश भएको देखिएकोले निवेदकको मागबमोजिम गर्नु परेन। कानून बमोजिम गर्नू।’

प्रतिनिधिसभा विघटन विरुद्धको मुद्दा वृहत् पूर्ण इजलासमा सुनुवाई होस भन्ने रिट निवेदकको मागलाई सर्बोच्च अदालतले अश्वीकार गरेको हो ।

अब मुद्दाको सुनुवाई आइतवारदेखि संवैधानिक इजलासमा निरन्तर हुने भएको छ ।

यता सरकारले मुद्दा पूर्ण इजलासमा पठाउन नहुने भन्दै निवदेन दिएको थियो।

प्रधानमन्त्री केपी शर्मा ओलीले पुस ५ गते प्रतिनिधि सभा विघटन गरेका थिए। उक्त कदम असंवैधानिक भन्दै सर्वोच्चमा रिट परेको छ।