२०८१ माघ १३ गते आइतवार
२०८१ माघ १३ गते आइतवार

‘पुनर्गठित ने.क.पा (माओवादी केन्द्र)’

सात कम्युनिस्ट पार्टीबीच एकता घोषणा भएको छ।
केन्द्रले अन्तर संघर्ष गर्दै फरक–फरक पृष्ठ भूमिबाट आएका साना सातवटा पार्टीबीच एकतापछि ‘पुनर्गठित ने.क.पा (माओवादी केन्द्र)’ घोषणा भएको जानकारी दिएको हो।

पुनर्गठित ने.क.पा (माओवादी केन्द्र) का अध्यक्षमा भविशोर पराजुली रहेका छन्। उनले सच्चा कम्युनिस्टहरु बीचको एकता अभियान चलेको भन्दै धुव्रीकरणले गति लिने बताए। उनले भने, ‘तत्कालीन माओवादी केन्द्रलाई पुनर्गठित गरेर ‘पुनर्गठित ने.क.पा. (माओवादी केन्द) गठन गरेर यहाँसम्म आएका छौं।’

वामपन्थी नेता दलवीर विश्वकर्माले एकता घोषणालाई ऐतिहासिक दिन भएको बताए। उनले सबै नेपाली राष्ट्र निर्माण गर्ने कुरामा सजग र सचेत हुनुपर्नेम जोड दिए।

नेपाल कम्युनिस्ट पार्टी (गणतान्त्रिक), नयाँ नेपाल राष्ट्रिय पार्टी, नेपाल श्रमजीवी पार्टी, ने।क।पा (मार्क्सवादी), पूर्व जनमुक्ति सेना एकता पार्टी र थारु राष्ट्रिय मुक्ति मोर्चाबीच एकता भएको हो।