२०८१ माघ १३ गते आइतवार
२०८१ माघ १३ गते आइतवार

तुलसीपुरमा खाना बनाउँदा आगोमा जलेर महिलाको मृत्यु

खाना बनाउँदा आगोमा जलेर गम्भीर घाइते भएकी एक महिलाको उपचारका क्रममा मृत्यु भएको छ ।

तुलसीपुर उपमहानगरपालिका वडा नं. १० चैलाहीकी ५५ बर्षीया मिनकला खड्काको गएराति साढे दश बजेतिर पाल्पामा उपचारका क्रममा मृत्यु भएको पारिवारीक स्रोतले जानकारी दिएको छ ।

खड्का पुस १० गते विहान घरमै अगेनामा खाना पकाउन बालेको आगोले सारीमा आगो सल्केपछि जलेर गम्भीर घाइते भएकी थिइन । सारीबाट सल्केको आगोले खड्काका दुबै खुट्टा, ढाड लगाएका विभिन्न स्थानमा गहिरो घाउ खत भएको थियो ।