२०८१ माघ ७ गते सोमवार
२०८१ माघ ७ गते सोमवार

दाङमा नेपाली कांग्रेसको विरोध प्रदर्शन सुरु (फोटो फिचर)

प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधि सभा विघटन गरेपछि आन्दोलनमा रहेको नेपाली कांग्रेसले दाङमा विरोध प्रदर्शन सुरु गरेको छ । दाङका १० वटै स्थानिय तहमा विरोध प्रदर्शन सुरु गरेको नेपाली कांग्रेस दाङले जनाएको छ ।


पश्चिमदाङको बबई गाउँपालिकाको हापुरेमा विरोध प्रदर्शन सुरु भएको नेपाली कांग्रेस बबईका युवा नेता झुपु क्षेत्रीले जानकारी दिनुभयो । हजारौँ नेता, कार्यकर्ता तथा शुभेच्छुकहरुको साथ सहित हापुरको पार्टि कार्यालयबाट सुरु भएको विरोध प्रदर्शन विभिन्न स्थानमा जारी रहेको रहेको नेता क्षेत्रीले बताउनुभयो ।

विरोध सभालाई सम्बोधन गर्न हापुरेमा नेपाली कांग्रेसका केन्द्रिय सदस्य दिपक गिरी आउनु भएको छ ।

केन्द्रको निर्देशन अनुसार देशभरका ७५३ वटै स्थानीय तहमा नेपाली कांग्रेसले सरकारविरूद्ध विरोध प्रदर्शन गर्ने गरि रहेको छ।

 

तस्वीर : झुपु क्षेत्री, घनश्याम घिमिरे